काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सूचना र प्रविधिसम्बन्धी कानूनको तयारी गरिरहेको बताएकी छन्। बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सूचना र प्रविधिको विकासका लागि सरकार आवश्यक कानूनी, नीतिगत र संरचनात्मक विकासमा जुटेको बताएकी हुन्। उनले नेपालमा पहिलो पटक राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी गरी अहिले कार्यान्वनमा ल्याइएको बताइन्। कानूनसँगै […]