गुण्डा नाइके भेटेको प्रकरणपछि स्वयम्भू वृत्तको प्रमुख फेरिए

प्रहरी वृत्त स्वयम्भूको कमाण्ड गर्ने जिम्मेवारी डीएसपी राजबाबु महर्जनले पाएका छन् । त्यहाँ कार्यरत डिएसपी मिलन केसी र गुण्डा नाइके समिरमान सिंह बस्नेतको बीचमा कनेक्सन देखिएपछि उनलाई त्यहाँबाट सरुवा गरिएको थियो ।केही दिनअघि प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले महर्जनलाई स्वयम्भू वृत्तमा काज सरुवा गरेका हुन् ।  महर्जन यसअघि मानव बेचविखन ब्यूरोमा कार्यरत थिए । गुण्डा नाइकेलाई केन्द्रीय कारागारमा गएर भेटेपछि केसी कारवाहीमा परेका थिए । केसीलाई अहिले उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा हाजिर गर