ललितपुरसहित छुट्टाछुट्टै स्थानमा ३ जना मृतावस्थामा फेला

ललितपुरसहित छुट्टाछुट्टै स्थानमा ३ जना मृत अवस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार ललितपुरको महालक्ष्मी नगरपालिका-१० लाकुरी भञ्ज्याङस्थित कार्तिके डाँडामा सोही ठाउँ बस्ने २८ वर्षीय कुमार सिङताङ बिहीबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी स्याङ्जाको आँधीखोला गाउँपालिका-१ अधिकारी टोल बस्ने २७ वर्षीय मनोज विक घरदेखि करिब २ सय मिटर टाढा बारीमा बुधबार बेलुकी मृत अवस्थामा फेला परेका छन् । त्रिवेणी माथिको जंगलमा मंगलबार साँझ गएका ७ जनामध्ये ४ जना फर्किएको र ३