मकवानपुर – बाग्मती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले आउँदाे मङ्सिर ४ गते हुने चुनावमा उम्मेदवारी नदिने बताउनुभएको छ । आज शुक्रवार फेसबुक पेजमा स्टाटस लेख्दै उहाँले नाती पुस्ताले समेत देशको नेतृत्व हाँक्ने भइसकेकाले अब आफू चुनावमा नउठ्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘दोस्रो पुस्तामात्रै हैन अहिले नाती पुस्तासमेत देशको नेतृत्व हाँक्न तयार र सक्षम भएर बसेका छन् । अबको मेरो जिम्मेवारी नेकपा एमालेको उमेद्वारहरूलाई विजयी गराउने हुनेछ ।’अहिले देशले साँच्चै नै परिवर्तन खोजेको बताउँदै उहाँले भन्नुभ...