महानगरमा कांग्रेसका मेयर उम्मेदवार: सिंह, महर्जन र कोइराला

नेपाली कांग्रेसले तीन वटा महानगरपालिकामा मेयर पदका उम्मेदवारको टुंगो लगाएको छ । कांग्रेसले काठमाडौंको मेयरमा सिर्जना सिंह, विराटनगरको मेयरमा नागेश कोइराला र ललितपुरको मेयर चिरिबाबु महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।