बालेनलाई प्रशासनको आग्रहः सामाजिक सञ्जालमा जथाभावी वक्तव्यबाजी नगर

काठमाडौँ – काठमाडौँ जिल्ला प्रशासन कार्यालयले असल मनसायबाट सम्पादन भएका सरकारी काम र त्यस्तो काममा खटिएका राष्ट्रसेवकलाई निरुत्साहित गर्ने गरी सामाजिक सञ्जालमा अभिव्यक्ति नदिन आग्रह गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठले विज्ञप्ति जारी गर्दै आफ्नो पदीय जिम्मेवारी र कर्तव्य पालना गर्न बसेका राष्ट्रसेवक कर्मचारीलाई कर्तव्य पालनामा बाधा र अवरोध नपुर्‍याउन आग्रह गरेका हुन्। […]