पेट्रोलियम भण्डारण र पाइपलाइनको काम प्रभावित

पेट्रोलियम पदार्थमा निरन्तर घाटा भएपछि नेपाल आयल निगमले पाइपलाइन तथा भन्डारण निर्माणका काम अघि बढाउन सकेको छैन । वीरगञ्ज–लोथर, झापा–सिलगुढी पेट्रोलियम पाइपलाइन र सातै प्रदेशमा पेट्रोलियम भण्डारण निर्माण गर्ने तयारी थियो ।