बालविवाह अन्त्यका लागि बाँकेका स्थानीय तहको चासो

राझा । बाँकेमा बालविवाह अन्त्यका लागि स्थानीय तहहरुले चासो देखाएका छन् । नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, बैजनाथ, खजुरा र जानकी गाउँपालिकाले बालविवाह विरुद्ध वडास्तरमा अभियान सञ्चालन गरी बालविवाहमुक्त वडा घोषणा गर्दै आएका छन् । कोहलपुर नगरपालिकाले अबको एक वर्षभित्र सबै वडा बालविवाहमुक्त घोषणा गर्ने गरी अभियानलाई अगाडि बढाएको नगर प्रमुख लुटबहादुर रावतले जानकारी दिए । […]