दूध बिक्रीबाट मासिक १२ लाख आम्दानी

यहाँका दुई युवाले दूध बिक्रीबाट मासिक बाह्र लाख बढी आम्दानी गर्दै आएका छन् । स्याङ्जाको पुतलीबजार नगरपालिका–३ ढडुवाका नवराज हमाल र सुरेश रेग्मीले दूध बिक्रीबाट सो आम्दानी गर्दै आएका हुन् । वैदेशिक रोजगारीबाट फर्केसँगै दुई वर्ष अघि ‘स्याङ्जा एग्रो एण्ड रिसर्च सेन्टर’ दर्ता गरी भैँसीपालन व्यवसाय सञ्चालन थालिएको व्यवसायी हमालले बताउनुभयो ।