डा अशेष ढुंगाना र पत्रकार कृष्ण ज्वाला देवकोटाले पनि पदक नलिने

काठमाडौं : वीर अस्पतालका छाती रोग विशेषज्ञ डा अशेष ढुंगानाले संविधान दिवसको अवसरमा विभूषित गरिने पदक अस्वीकार गर्ने उद्‍घोष गरेका छन्। सरकारले उनलाई प्रवल जनसेवाश्री पदकद्वारा विभूषित गरेको थियो। तर, उनले मापदण्डविपरीत पदक दिइएको भन्दै अस्विकार गरेका हुन्।उनले सामाजिक सञ्जाल फेसबुकमा आफूलाई दिएको पुरस्कार र विभूषण सिफारिस कार्यविधि एवं प्रधान सम्वन्धी मापदण्ड २०७५ पोष्ट गर्दै अस्विकार गर्नुको कारण खुलाएका छन्।‘पदक दिँदा विभूषण सिफारिस कार्यविधि एवं प्रदान सम्बन्धी मापदण्ड २०७५ अनुसार न