सर्वोच्चको फैसला संविधान, लोकतन्त्र र दलीय व्यवस्था विरुद्ध: एमाले प्रवक्ता ज्ञवाली

काठमाडौं। नेकपा एमालेका प्रवक्ता प्रदिप ज्ञवालीले सर्वोच्च अदालतको फैसला संविधानको भावना र मर्म, शक्ति पृथकीकरण, लोकतान्त्रिक प्रणाली, दलीय व्यवस्था विरुद्ध भएको टिप्पणी गरेका छन्। देखापढीलाई संक्षिप्त प्रतिक्रिया दिँदै ज्ञवालीले अदालतको फैसलाले लोकतान्त्रिक प्रणालीमा गहिरो घाउ दिएको र सो पुरिन अब धेरै समय लाग्ने बताए । फैसलाले संविधानको मर्म र जनभावनाको ख्याल नगरेको भन्दै ज्ञवालीले यसले राजनीतिक अस्थिरता निम्त्याउने बताए।

सम्बन्धित सामग्री

सर्वोच्चको फैसलाले संविधान, संसद र लोकतन्त्र जोगायो : माधव नेपाल

काठमाडौं, असार २८ । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन सम्बन्धमा सर्वोच्च अदालतले दोस्रोपटक गरेको फैसलाले नेपालको संविधान, संसद र लोकतन्त्र जोगाएको प्रतिक्रिया दिनुभएको छ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयलाई बदर गर्ने सर्वोच्चको फैसला सार्वजनिक भएसँगै उहाँले उक्त प्रतिक्रिया दिनुभएको हो । यसले आम नेपालीले गरेको अपेक्षा अनुसार अदालतले […]