सुजिता भण्डारीको पोष्टमार्टम रिपोर्ट : मृत्युको कारण चोटपटक होइन

चितवन : राप्ती नगरपालिका–३ प्रगतिनगरकी २३ वर्षीया सुजिता भण्डारीको मृत्यु चोटपटकबाट नभएको पोष्टमार्टम रिपोर्ट आएको छ। भण्डारीको मृत्यु चोटपटकका कारण नभएको शवको पोष्टमार्टम गरेका डा. गोपाल चौधरीले बताए। भण्डारीको शवको पोष्टमार्टम काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको हो ।मृत्युको कारण चोटपटकबाट नभएको देखिएपछि अन्य कारण थाहा पाउन शवको भिसेरा परीक्षण गरिने छ । भिसेरा परीक्षणका लागि नमुना लिएर मंगलबार नै प्रहरीलाई बुझाइएको शवको पोष्टमार्टम गरेका डा. चौधरीले बताए । असार ११