सभामुख देवराज घिमिरेले सहकारी छानबिन संसदीय विशेष समितिको प्रतिवेदन कार्यान्वयनका लागि सरकारलाई पठाउने निर्देशन दिएका छन् । समितिका सभापति सूर्य थापाले सोमबार प्रतिवेदन प्रतिनिधिसभामा पेश गरे लगत्तै सभामुख घिमिरले सचिवालयलाई प्रतिवेदन सरकारलाई पठाउन निर्देशन दिएका हुन् ।