राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई कम्पनी मोडलमा लैजाने प्रक्रिया अघि बढेपछि निगमका कर्मचारीले उक्त कदमको विरोध जनाएका छन् । निगम व्यवस्थापनले अहिलेकै अवस्थामा निगमलाई कम्पनी मोडलमा लैजान नहुने स्पष्ट पारेको छ । निगमलाई निजीकरण गरी कर्मचारीको भविष्यलाई अन्यौल पार्ने खेल भएको भन्दै निगम भित्रका अगुवा कर्मचारी सङ्गठनले विज्ञप्ति निकालेर आपत्ति जनाएका हुन् …