जनकपुरबाट पठाएका ५ सय थरी कोसेली अयोध्यालाई हस्तान्तरण

भारतको अयोध्यामा निर्मित राम मन्दिरका लागि नेपालबाट लगिएको करिब ५ सयथरी कोसेली शनिबार हस्तान्तरण गरिएको छ । जनकपुर जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले राम जन्मभूमि ट्रष्टका महासचिव चम्पत रायलाई कोसेली हस्तान्तरण गरेका हुन् ।