महाअभियोग सिफारिस समितिको बैठक जारी

काठमाडौँ- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोगबारे अध्ययन गर्न गठित महाअभियोग सिफारिस समितिको बैठक बसिरहेको छ । जबराविरुद्ध प्रतिनिधिसभामा दर्ता भएको महाअभियोगबारे अध्ययन गर्न संसद्ले गठन गरेको महाअभियोग सिफारिस समितिको जारी बैठकमा आन्तरिक कार्यविधिमाथि छलफल भइरहेको छ । गत १ फागुनमा जबराविरुद्ध विभिन्न २१ वटा आरोप लगाएर सत्तारुढ दलका सांसदले महाभियोग दर्ता गरेका थिए ।

सम्बन्धित सामग्री

महाअभियोग सिफारिस समिति बैठक जारी

काठमाडौं । महाअभियोग सिफारिस समितिको बैठक जारी छ । बिहीबार दिउँसो ३ बजेदेखि सिंहदरबारमा सुरु भएको महाअभियोग सिफारिस समितिको बैठक साँझसम्म जारी छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बयानका क्रममा केही अधिवक्ताहरुलाई विभिन्न आरोप लगाएपछि नाम मुछिएका अधिवक्ताहरुलाई समितिले बोलाएको हो । समितिमा बयानका लागि अधिवक्ताहरु चन्डेश्वर श्रेष्ठ, शम्भु थापा, ओमप्रकाश अर्याल, पूर्णमान शाक्य […]