अर्थतन्त्र बिग्रिएपछि पाकिस्तान छोड्दै पाइलट

इस्‍लामाबाद : पाकिस्तानमा उत्पन्न आर्थिक संकटको प्रभाव अहिले हरेक क्षेत्रमा देखिएको छ। ठूलो संख्यामा पाइलटहरूले देश छोडेका पाकिस्तानको संसद्को उड्डयन समितिलाई जानकारी दिइएको छ।आफ्नो तलबमा ठूलो कटौती हुने डरले उनीहरू त्रासमा छन्। पाकिस्तान सरकारले पाइलटहरूलाई पारिश्रमिकमा ३५ प्रतिशत कर लगाएको छ। यसबाट पाइलटहरू असन्तुष्ट भएका छन्।पाकिस्तान इन्टरनेशनल  एयरलाइन्स (पीआईए) का सीईओ अमिर हयातले हालै १५ जना पाइलटले देश छाडेको बताएका छन्।हयातले पीआईएले नयाँ पाइलट भर्ती गर्न चाहेको तर स्वीकृति नपा

सम्बन्धित सामग्री

घाटामा रहेको पाकिस्तान इन्टरनेशनल एयरलाइन्सलाई निजीकरण गर्दै पाकिस्तान

इस्लामाबाद । पाकिस्तानले घाटामा चलिरहेको पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए)लाई निजीकरण गर्ने भएको छ । पाकिस्तानी सरकारले अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग गरिएको सम्झौता अनुसार एयरपोर्ट पनि आउटसोर्स गरेर सञ्चालन गर्ने भएको छ ।  पाकिस्तानका अर्थमन्त्री इशाक दारको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को निजीकरण समितिको बैठकले एयरलाइन्सलाई निजीकरण गर्ने निर्णय गरेको हो ।  'विचार-विमर्शपछि पाकिस्तान इन्टरनेशनल एयरलाइन्स कम्पनी लिमिटेडलाई निजीकरण परियोजनाहरूको सूचीमा समावेश गर्ने निर्णय गरेको छ,' अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।  समितिले पीआईए इन्भेष्टमेन्ट लिमिटेडको न्यूयोर्कस्थित रुजवेल्ट होटलको कारोबारको प्रक्रियाको लागि पनि वित्तीय सल्लाहकारको नियुक्तिलाई पनि समर्थन गरेको छ ।  पाकिस्तानले नक्कली पाइलट स्क्यान्डलपछि निलम्बित गरिएको पीआईए उडानहरू पनि आगामी तीन महीनामा बेलायतमा सुचारु गर्ने जनाएको छ । युरोपेली संघको उड्डयन सुरक्षा एजेन्सीले सन् २०२० देखि युरोप र बेलायतका लागि पीआईए उडानहरू निलम्बित गरेको थियो । एजेन्सीले पाइलट इजाजतपत्र घोटालापछि पीआईएको उडान गर्ने राष्ट्रिय क्यारियरको प्राधिकरणलाई पनि खारेज गरेको थियो ।  पाकिस्तानले निजीकरण गर्न लागेको सरकारी स्वामित्वको पीआईएको सयौं अर्ब रुपैयाँ घाटा र बक्यौता छ । पाकिस्तानले गत जुनमा आईएमएफबाट ३ अर्ब डलर वित्तीय सहायता पाएको थियो ।

पाकिस्तानमा वायु सेनाको विमान दुर्घटना

पाकिस्तान वायु सेनाको प्रशिक्षक विमान दुर्घटना भएको छ । पञ्जाब प्रान्तको अटोक शहरमा अभ्यासको क्रममा दुर्घटना भएको समाचार संस्था एएनआईले उल्लेख गरेको छ । वायु सेनाले एक वक्तब्य जारी गरी विमानमा सबार दुबै जना पाइलट सुरक्षित रहेको जनाएको छ । वायु सेनाले दुर्घटनाबारे छानबीन गर्न एक जाँच समिति गठन गर्ने आदेश दिइएको जनाएको छ ।

पाकिस्तान विमान दुर्घटनाको कारण 'मानवीय त्रुटि'

उड्डयन मन्त्री गुलाम सर्वार खानले पाकिस्तानको संसदलाई दुर्घटनाबारे जानकारी दिँदै पाइलट र हवाई नियन्त्रक उड्डयन मापदण्ड पालना गर्न विफल भएको बताएका छन्।