पशुपति क्षेत्रका अनधिकृत अस्थायी टहरा हटाइँदै, के भन्छन् कोषका प्रवक्ता ?

पशुपति क्षेत्र विकास कोषले आफ्नो क्षेत्रभित्र अनधिकृत रुपमा सञ्चालनमा रहेका अस्थायी टहराहरू हटाउने भएको छ ।  पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले कोषको ऐन, कानून र निर्णयबाहेक अनधिकृत रुपमा बनाइएका अस्थायी टहराहरू हटाउने निर्णय कार्यान्वयन गर्न लागिएको जानकारी दिए ।  फूल, प्रसादीलगायतको व्यवस्थापनका लागि स्थायी संरचना बनेकाले अस्थायी खालका टहराहरू हटाउन लागिएको उनले स्पष्ट पारे ।  ‘यसलाई हटाउने अथवा वर सार्ने वा यताउति गर्ने भन्दा पनि त्यसलाई व्यवस्थित गर्ने भन्ने बुझ्नु पर्दछ भन्...