काठमाडौं : एसियन महिला भलिबल च्याम्पियनसिपमा १२ देशले खेल्ने भएका छन्। आगामी भदौमा फिलिपिन्समा आयोजना हुने उक्त च्याम्पियनसिपमा नेपालसहित १२ देशले सहभागिता जनाउने पक्का भएको एसियाली भलिबल महासंघले जनाएको छ। कोरोना भाइरसको महामारीका कारण चीन, श्रीलंका, भियतनाम, इन्डोनेसिया र न्यूजिल्याण्डले प्रतियोगिताबाट नाम फिर्ता लिएका छन्। सुरुवातमा उक्त प्रतियोगिता चीनमा आयोजना गरिने तय भएको थियो। पछि कोरोनाका कारण चीनले प्रतियोगिता आयोजना गर्न अस्वीकार गरेपछि फिलिपिन्समा गर्ने निधो भएको हो। एसियन