पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईविरुद्धको मुद्दाको फैसला आजका लागि रोकियो

बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई मुद्दा चलाउन माग गरिएको मुद्दाको फैसला रोकिएको छ । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेकोे मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर बजरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासले कात्तिक १५ (सोमबार)मा फैसला सुनाउन आदेश गरेको थियो ।