नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल जारी छ । अध्यक्ष नेपालको प्रतिवेदनमाथि छलफल गर्न नौ समूह गठन गरेर छलफल भएको नेताहरुले बताएका छन् ।७ प्रदेशबाट ७ समूह र उपत्यका विशेष र सम्पर्क समन्वयको एउटा तथा केन्द्रीय विभाग तथा मोर्चा संगठनको अर्को समूह गरी नौ वटा समुहमा विभाजन गरेर छलफल भएको हो । उक्त छलफल भोलि बिहानसम्म सकेर र अध्यक्षले जवाफ दिएपछि प्रतिवेदन पारित गर्ने तयारी छ । अध्यक्ष नेपालको प्रतिवेदनमा