साविक विजेता युभेन्टसको शीर्ष चारमा रहने आशा कायमै

काठमाडौं। हुवाँ कुआड्राडोले अन्तिम समयमा पेनाल्टीमा गोल गरेपछि युभेन्टसले इटालियन सिरी ‘ए’मा इन्टर मिलानलाई ३–२ ले हरायो। जितसँगै युभेन्टसले शीर्ष चारको सम्भावना कायम राखेको छ। युभेन्टसले ३७ खेलबाट ७५ अंक जोडेको छ। जुन पाँचौं स्थानको नेपोलीभन्दा दुई अंकले अगाडि हो। नेपोलीले आज फियोरेन्टिाविरुद्ध खेल्दैछ। युभेन्टसका लागि अर्को गोल क्रिष्टियानो रोनाल्डोले गरे। दुवै टिम १० खेलाडीमा सीमित बनेका थिए।

सम्बन्धित सामग्री

सिटी रोकिएपछि लिभरपुललाई प्रिमियर लिगको आशा

१ चैत, काठमाडौं । दुई महिना अगाडि म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा १३ अंकको अग्रता हासिल गरेको थियो । लिगको साविक विजेता सिटी अर्को खेल सम्ममा दोस्रो स्थानमा झर्ने सम्भावनामा पुगेको छ । उपाधि दौडको परिवर्तित मोडमा गएराति सिटीले क्रिष्टल प्यालेससँग सेलहस्र्ट पार्कमा निराशाजनक बराबरी खेल्यो । यो नतिजाले दोस्रो स्थानको लिभरपुललाई इंग्लिस […]