मौसमसम्बन्धी पूर्व सूचना किसानसम्म पुग्न नै चुनौती देखिएको छ। मौसमको पूर्व सूचना दिने मुख्य आधिकारिक निकाय जल तथा मौसम विज्ञान विभाग र कृषि मन्त्रालयका संरचना स्थानीय तहसम्म नपुग्नु र अन्तरसरकारी निकाय समन्वय अभावका कारण सबै कृषकले मौसमसम्बन्धी सूचना पाउन नसकेका हुन्।कृषकलाई मौसमका सूचना प्रवाह गर्न स्थानीय तहकै भूमिका महत्त्वपूर्ण हुने भए पनि समन्वयको अभाव देखिँदा समयमा नै पूर्व सूचना पाउनबाट कृषक वञ्चित देखिएका छन् । जल तथा मौसम विज्ञान विभागले पूर्व सूचना दिए पनि तल्लो तहमा सूचना प्रवाह गर्ने