बजेटसँगै कृषिमा व्यावहारिक सुधार पनि आवश्यक

धनकुटा— सरकारले चौतर्फी विरोधका बीच जेठ १५ गते पूर्ण बजेट ल्यायो । संसद् विघटन गरी निर्वाचन घोषणा गरेको सरकारले पूर्ण आकारको बजेट ल्याउन नहुने पूर्वअर्थमन्त्रीसहित अर्थविद्हरूले समेत मत राखेकै अवस्थामा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षको तुलनामा १ खर्ब ७२ अर्ब ९३ करोड रुपैयाँ बढीको १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट अध्यादेशमार्फत ल्याए । […]