पत्रकारद्वय भण्डारी र सुब्बा सम्मानित

विराटनगर : प्रेस चौतारीको २५ औँ स्थापना दिवसका अवसरमा दुईजना पत्रकार सम्मानित भएका छन्। आज (आइतबार) प्रेस चौतारी मोरङ जिल्ला कार्यसमितिले शुभकामना आदानप्रदान गरी जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार र कृष्णप्रसाद सिग्देल यूवा पत्रकारिता पुरस्कारबाट दुईजना पत्रकारलाई सम्मान  गरेको हो। जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार २०७९ बाट तेजेन्द्र भण्डारी  र कृष्णप्रसाद सिग्देल युवा पत्रकारिता पुरस्कार २०७९ बाट दिनेश सुब्बालाई सम्मान गरिएको हो। पत्रकारद्वय भण्डारी र सुब्बालाई प्रदेश १ का मुख्यमन्त्री हिक्...