इन्स्पेक्टर सरुवा १९ महिनादेखि रोकियो

नेपाल प्रहरीका महानिरीक्षकलाई प्रहरी उपरीक्षक (एसपी) सम्म सरुवा गर्ने अधिकार छ । तर, प्रहरी नायव निरीक्षक (सई) तथा प्रहरी निरीक्षक (इन्स्पेक्टर) सरुवामा समेत गृह मन्त्रालयले हस्तक्षेप गरेपछि लामो समयदेखि सरुवा रोकिएको छ । २०७८ असार मसान्तमा प्रहरीका लेखापालहरूको कार्यविधि दुई वर्ष पुगेको थियो । दुई वर्ष पूरा गरेका लेखापालहरूको सरुवा ९ महिनादेखि भएको छैन । प्रहरी सहायक निरीक्षक, प्रहरी नायव निरीक्षक र इन्स्पेक्टर लेखा प्रमुख हुने सरुवामा पनि गृहमन्त्री बालकृष्ण खाँण र गृह मन्त्रालयका सचिव टे