दक्षिण कोरियाको दक्षिणपूर्वी सहर डेगुमा रहेको एउटा कार्यालय भवनमा भएको आगलागीमा परी कम्तिमा सात जनाको मृत्यु हुनुको साथै अन्य ४६ जना घाइते भएका योन्हाप समाचार समितिले जनाएको छ । राजधानी सोलबाट करिब ३०० किलोमिटर दक्षिणमा रहेको डेगुमा सहरमा अवस्थित सात तले कार्यालय भवनमा स्थानीय समयानुसार बिहान १० : ५५ बजे आगलागी भएको जनाइएको छ ।हालसम्म प्राप्त समाचारअनुसार आगलागीमा परी सात जनाको मृत्यु हुनजुको साथै ४६ जना घाइते भएका छन् । अन्य दर्जनौं भवनबाट भागेका छन् । घटनास्थलमा करिब ५० दमकल र १६०