काठमाडौं : प्रतिनिधिसभाको बैठक फेरि सरेकाे छ। भाेलि १६ गतेका लागि बाेलाइएकाे प्रतिनिधिसभाको बैठक १० दिन पछि अर्थात माघ २६ सम्मका लागि सरेकाे हाे।संघीय संसद सचिवालयले बैठक माघ २६ गते दिउँसो १ बजेका लागि सारिएको जनाएको छ। संघीय संसदका महासचिव भरतराज गौतमले सूचना जारी गरी कोरोना संक्रमणको जोखिम कायमै रहेकाले बैठक बस्न नसक्ने भएपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक १० दिन पछि सारेकाे जनाएकाे छ।