काठमाण्डाै – नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिका लागि राय, सुझाव माग गरेको छ ।
नेपाल राष्ट्र बैंक ऐन २०५८ मा भएको व्यवस्थाअनुसार बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्नका लागि सम्बन्धित सरोकारवालासँग राय, सुझाव माग गरेको हो ।
ऐनको परिच्छेद–५ को दफा ४४ ले मौद्रिक नीति निर्माण तथा कार्यान्वयन गर्ने पूर्ण अधिकार राष्ट्र बैंकलाई दिएको छ ।
राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले इमेल monetarypolicy@nrb.org.np मा राय, सुझाव उपलब्ध गराउन सूचित गरेको छ ।
&nbs...