सचेतक, संसदीय समितिका सभापतिले फिर्ता गरेनन् गाडी र जिन्सी सामान

गत असोज १ गतेदेखि प्रतिनिधि सभाको ५ वर्षको कार्यकाल अन्त्य भए पनि  प्रमुख सचेतक, सचेतक, संसदीय समितिका सभापतिसम्मले सवारी साधन र जिन्सी सामान फिर्ता गरेका छैनन् । आफ्नो कार्यकालका लागि संघीय संसद् सचिवालयले संसद्का पदाधिकारीका लागि सवारी साधन र कम्प्युटरको सुविधा दिने गरेको छ ।  प्रतिनिधि सभा अन्तरगत रहेको १२ वटा संसदीय समिति मध्ये एक जना  समितिका सभापतिबाट मात्र आफूले पाएको सुविधा फिर्ता भएको छ ।  संसद् सचिवालयका अनुसार हालसम्म विकास तथा प्रविधि समितिकी स