२० वर्ष पुराना सवारी हटाउने निर्णयविरुद्ध प्रदर्शन, तस्वीरहरू

काठमाडौं : २० वर्ष पुराना सवारीसाधनहरू हटाउने सरकारको निर्णयविरुद्ध ट्याक्सी, ट्रक र ट्यांकर चालकहरूले विरोध प्रदर्शन गरेका छन्।विभिन्न यातायात समिति तथा व्यवसायी आवद्ध राष्ट्रवादी केन्द्र नेपालले गरेको आन्दोलनले काठमाडौंको माछापोखरी आज तनाव ग्रस्त बनेको छ।आन्दोलनका कारण बालाजु माछापोखरी सडक खण्डबाट आवत जावत हुने सवारी अवरुद्ध भएको छ। साथै आन्दोलन क्षेत्र बालाजुको माछापोखरी क्षेत्रमा बाक्लो रुपमा प्रहरी परिचालन गरि सुरक्षा व्यवस्था कडा पारिएको छ।

सम्बन्धित सामग्री

प्रदेशमा कर नीति : सवारी साधनदेखि उद्योगलाई जग्गा दर्तामा छुट

८ असार, काठमाडौं । आगामी आर्थिक वर्ष (आव) २०८०/८१ का लागि सातवटै प्रदेशले कृषि कर्म गर्नेहरुलाई प्रोत्साहन गर्ने गरी राजस्व नीति तय गरेका छन् । प्रदेशहरुले २० वर्ष पुराना सवारी साधनलाई कवाडीमा परिणत गर्नेहरुलाई सवारी साधन करमा छुटको स्किम ल्याएका छन् भने प्रदेश भित्र चल्ने सवारी साधन प्रदेशमै दर्ता हुनुपर्ने प्रावधानलाई अनिवार्य समेत गर्न थालेका […]

२० वर्ष पुराना सबै सवारी नष्ट गर्न आवश्यक छैन : मुख्यमन्त्री जम्मकट्टेल

हेटौंडा : वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम  जम्मकट्टेलले २० वर्ष भइसकेको पुराना सवारी सबै नष्ट गर्न आवश्यक नरहेको बताएका छन्। बिहीवार सामाजिक विकास मन्त्रालयको आयोजनामा भएको युवा वैज्ञानिक प्रोत्साहन कोषको अनुदानमा सञ्चालित आयोजनाको प्रगती सार्वजनिकरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री जम्मकट्टेलले सरकारले २० पुराना सवारीलाई नष्ट नगरी त्यसलाई मोडिफाई गरेर विद्युतीय सवारीमा परिणत…

२० वर्ष पुराना गाडीलाई फेरि सञ्चालन गर्न दिने तयारी

सरकारले २० वर्ष पुराना गाडीलाई फेरि सञ्चालन गर्न दिने तयारी गरेको छ । सरकारले २० वर्ष पुराना गाडी सडकमा चलाउन नपाउनेगरी परिमार्जन गरिएको व्यवस्थालाई फेरि परिवर्तन गर्न लागेको हो । पुराना गाडीका कारण वातावरण प्रदूषण बढेको तथा दुर्घटनासमेत बढ्ने खतरा हुँदाहुँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भने २० वर्ष पुराना सवारी साधनलाई फेरि सडकमा गुडाउन दिने गरी गृहकार्य थालेको हो ।भौतिक मन्त्रालयले वातावरणविद्, यस क्षेत्रका सरोकारवाला निकायलगायत आवश्यक छलफल नै नगरी व्यवसायीको प्रभावमा परेर यसअ

२० वर्ष पुराना गाडी फेरि सडकमा

काठमाडौं, चैत २८ । सरकारले २० वर्ष पुराना गाडीलाई फेरि सञ्चालन गर्न दिने तयारी गरेको छ । सरकारले २० वर्ष पुराना गाडी सडकमा चलाउन नपाउनेगरी परिमार्जन गरिएको व्यवस्थालाई फेरि परिवर्तन गर्न लागेको हो । पुराना गाडीका कारण वातावरण प्रदूषण बढेको तथा दुर्घटनासमेत बढ्ने खतरा हुँदाहुँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भने २० वर्ष पुराना सवारी […]

२० वर्ष पुराना गाडी फेरि सडकमा

काठमाडौं । सरकारले २० वर्ष पुराना गाडीलाई फेरि सञ्चालन गर्न दिने तयारी गरेको छ । सरकारले २० वर्ष पुराना गाडी सडकमा चलाउन नपाउनेगरी परिमार्जन गरिएको व्यवस्थालाई फेरि परिवर्तन गर्न लागेको हो । पुराना गाडीका कारण वातावरण प्रदूषण बढेको तथा दुर्घटनासमेत बढ्ने खतरा हुँदाहुँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भने २० वर्ष पुराना सवारी साधनलाई फेरि […] The post २० वर्ष पुराना गाडी फेरि सडकमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

२० वर्ष पुराना सवारी सञ्चालनमा रोक नलगाऊः संसदीय समिति

संसदीय समितिले २० वर्षे सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई सचेत गराएको छ । संघीय संसद प्रतिनिधिसभा अन्र्तगतको विकास तथा प्रविधि समितिको बुधबार बसेको बैठकले प्रशस्त गुनासो आउने गरेको निष्कर्ष निकाल्दै सो प्रावधान अनुसार सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय पुनर्विचार गर्न सरकारलाई निर्देशन दिएको हो । २० वर्षे हदम्यादको […]

राम्रो अवस्थाका २० वर्ष पुरानो सवारी साधन चलाउन दिन समितिको निर्देशन

संसदको विकास तथा प्रविधि समितिले राम्रो अवस्थामा रहेका २० वर्ष पुराना सवारी साधान सञ्चालन गर्न दिन निर्देशन दिएको छ ।  बुधबार समितिको कार्यालय सिंहदरबारमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ र यातायात विभागमा महानिर्देशक नमराज घिमिरे सहितको छलफलपछि समितिले सो निर्देशन दिएको हो । समितिले यान्त्रिक परिक्षणमा ठीक रहेका सवारी साधनलाई विस्थापित नगर्न भनेको हो । समिति सभापति कल्याणी खड्काले २० वर्ष भन्दा बढी चलेका सार्वजनिक सवारी साधनहरु विस्थापित गर्ने

२० वर्ष पुराना गाडी हटाइएपछि ग्रामीण सडकमा सवारी ठप्प - Naya Patrika

सरकारले सुरक्षाका कारण २० वर्ष पुराना गाडी हटाउन थालेपछि ग्रामीण सडकमा सवारी ठप्प छन् । ती सडकमा अधिकांश २० वर्ष पुराना गाडी सञ्चालनमा थिए । गाउँ चल्ने सवारी नगुडेपछि स्थानीयलाई...पूरा पढ्नुहोस् »

आजदेखि २० वर्ष पुराना गाडी निषेध, तीन सवारी नियन्त्रणमा

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले २० वर्ष पुराना सवारी साधन नियन्त्रणमा लिन शुरु गरेको छ। यातायात व्यवस्था विभागको निर्देशनानुसार पुराना सवारी नियन्त्रणमा लिन शुरु गरेको हो। विहीबार बिहान ११ बजेसम्म तीन वटा सवारी नियन्त्रणमा लिएको कार्यालयले जनाएको छ।

२० वर्ष पुराना सवारी साधन सञ्चालनमा रोक लगाइँदै

आगामी चैतदेखि देशभर गुडिरहेका २० वर्ष पुराना सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ । काठमाडौं उपत्यकामा वायु प्रदूषणको मात्रा भयावह