सवारी साधन कारबाही : रु तीन करोड ७९ लाख राजस्व सङ्कलन

काठमाडौँ,१३ साउन । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले एक वर्षको अवधिमा सवारीसाधन कारबाही गरेर रु तीन करोड ७९ लाख ३३ हजार राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७८÷७९ मा ५५ हजार छ सय सवारीसाधनलाई कारबाही गर्दा उक्त रकम सङ्कलन भएको हो । सो क्रममा सबैभन्दा बढी मोटरसाइकललाई कारबाही गर्दा राजस्व सङ्कलन भएको छ । […]