२०७७ चैत २७ गते काठमाडौंमा भएको एक सार्वजनिक कार्यक्रममा काँग्रेस सभापति शेरबहादुर देउवाले भनेका थिए, ‘प्रधानमन्त्री केपी शर्मा ओलीबाट सत्ता कब्जाको प्रयास भइरहेको छ, उनलाई हटाउन हामी सबै लागाैँ ।’ देउवाको यो भनाइ चार साता नबित्दै सत्य सावित भयो ।राजनीतिक र नैतिकरुपमा कमजोर बन्दै गएका केपी शर्मा ओली र उनका निकटस्थहरुले लिएको बाटो सत्ता कब्जाकै दिशामा गएको पछिल्लो उदाहरण हो –लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा र अल्पमतमा रहेर पनि बलजफ्ती मुख्यमन्