२०७२ वैशाखको भूकम्पका कारण चाँगुनारायण मन्दिर परिसरको उत्तर–पश्चिम (किलेश्वर महादेव पुजारी पाटी) सँगैको क्षेत्र भासियो । भूक्षय नियन्त्रण नगरी चौघेरा सत्तल (पाटी) मन्दिर पुनर्निर्माण गर्न सक्ने अवस्था रहेन । पुरातत्त्व विभागले टेको र पर्खाल लगाएपछि मात्र चौघेरा सत्तलको पुनर्निर्माण थालेको छ । अझै उक्त क्षेत्र भूक्षयको जोखिममा छ ।