नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजावेथ भन क्यापिलरबीच शिष्टाचार भेटवार्ता भएको छ । निधि निवास नयाँ बानेश्वरमा बिहीबार भएको भेटमा हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, संविधान कार्यान्वयनलगायतका विषयमा कुराकानी भएको थियो ।स्वीस राजदूत एलिजावेथले नेपालको सङ्घीय शासन प्रणाली र संविधानको सफल कार्यान्वयनका लागि सहयोग गर्न स्वीस सरकार सधैँ तयार रहेको बताएको नेता निधिको सचिवालयले जनाएको छ । नेता निधिले सङ्घीयता र नेपालको विकासमा