नेपाल टेलिकमले ‘एनटी च्याटबोट सेवा’ सञ्चालनमा ल्याएको छ ।
कम्पनीको विभिन्न सेवाहरु तथा सेवा प्रदान गर्ने विधिहरुको बारेमा कम्पनीको वेबसाइटबाटै च्याटमार्फत स्वचालित रुपमा जानकारी प्राप्त गर्न सकिने गरी च्याटबोट सेवा सञ्चालनमा ल्याइएको टेलिकमका प्रवक्ता राजेश जोशीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
कम्पनीको वेबसाइट खोल्नासाथ शुरु पेजमा एनटी च्याटबोटको सानो स्क्रिन स्वचालित रुपमा देखापर्दछ ।
त्यहाँ निड हेल्प ? वेलकम टु एनटी च्याटबोट भनेर लेखिएको छ । यसमा कम्पनीका विभिन्न सेवाहरुको बारेमा जानका...