वन तथा वातावरण संरक्षण गर्न मेची-महाकाली यात्रा

सल्यान : वन तथा वातावरण संरक्षणका लागि भन्दै गन्धर्व समुदायका कलाकारहरुले सारंगी संगीतको मेची-महाकाली यात्रा जारी राखेका छन्। बाँकेको कोहलपुर-११ का कलाकारहरु सारंगी र मादलको मिठो धुनसँगै वन जोगाउने सन्देश दिँदै सल्यान आइपुगेका छन् ।नेपाल कला संगीत मञ्चमा आबद्ध ६० वर्षीय प्रेमबहादुर गन्धर्व, ५५ वर्षका दिलबहादुर गन्धर्व, शेरबहादुर गन्धर्व र ५१ वर्षीय भीमबहादुर नेपालीले मेची-महाकाली यात्रा अन्तर्गत विभिन्न जिल्लामा ‘रुख रोपौँ, वन जोगाउँ’ भन्ने सन्देशसहित मौलिक रुपमा सारंगी संग