एजेन्सी। ‘टिकी–टाका’ स्पेनले २०१२ को युरोकपको फाइनलमा इटालीलाई ४–० ले हराउँदै उपाधि उचालेको थियो। आजराति त्यही दुई टिम युरो–२०२०को फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दैछन्। युरोपियन च्याम्पियनसिपमा इटाली र स्पेन सातौं पटक आमनेसामने हुन लागेका हुन्। स्पेनले ९० मिनेटको समयमा एकपटक मात्र जितेको छ। २०१६मा इटालीले स्पेनलाई २–० ले हराएको थियो। आज त्यसको बदला लिने मौका स्पेनलाई छ।