विद्यार्थी संगठनले सांसदलाई भने-नवौं संशोधनको गल्ती सच्याऊ

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघीय शिक्षा ऐन ल्याउने तयारी गरेका बेला विद्यार्थी संगठनले शिक्षा ऐनको नवौं संशोधनको 'गल्ती' सच्याउन आग्रह गरेका छन्। संघीय संसदलाई आइतबार पत्राचार गर्दै विद्यार्थीहरूले शिक्षा ऐनको दशौं संशोधन गरी नवौं संशोधनका गल्ती ‘फास्ट ट्रयाक’ बाट सच्याउन आग्रह गरेका हुन्। नवौं संशोधनले आन्तरिक तर्फबाट ७५ प्रतिशत शिक्षक पदपूर्ति गर्ने अधिकार दिएको…