कुमारी बैकका सिइओ सुरेन्द्र भण्डारीले दिए राजीनामा

काठमाडौं । कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेन्द्र भण्डारीले राजीनामा दिएका छन्। २०७४ साउन १ गतेदेखि कुमारीको सिइओमा नियुक्त भण्डारीले ४ वर्षको कार्यकाल पुरा गरेर राजीनामा दिएका हुन्। सन् १९८५ देखि नेपाल बैंकबाट बैंकिङ करिअर सुरु गरेका उनले सिद्धार्थ बैकमा सिइओको रूपमा तीन वर्ष काम गरे। उनले गड्वाल युनिभर्सिटीबाट कमर्समा स्नातक र बिजनेस म्यानेजमेन्टमा देहरादूनबाट स्नातकोत्तर गरेका छन्।