विश्वकप क्रिकेट लिग टू : नेपालको संघर्षपूर्ण जित,  पपुवा न्युगिनी २ विकटले पराजित

काठमाडौं : आइसिसी विश्वकप क्रिकेट लिग टूअन्तर्गत त्रिकोणात्मक एकदिवसीय श्रृङ्खलामा नेपालले आज पपुवा न्युगिनी (पिएनजी) लाई २ विकेटले हराएको छ।२ सय ५ रनको लक्ष्य नेपालले ४९ दशमलव २ ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो। खराब शुरुवात गरेको नेपाली टोलीका लागि पाँचौँ विकेटमा रोहितकुमार पौडेल र आरिफ शेखको जोडीले साझेदारी गर्दै जिततर्फ डोहोर्‍याए। ९ दशमलव २ ओभरमा ३ विकेट गुमाएर २४ रन बनाएको नेपाली पालीलाई उनीहरूले कीर्तिमानी १ सय २ रनको शतकीय साझेदारी गरेपछि नेपाल