तोकिएकै समयमा भन्सार एजेन्टको परीक्षा लिन निर्वाचन आयोगको सहमती, नतिजा निर्वाचनपछि

नतिजा निर्वाचनपछि सार्वजनिक गर्नेगरी भन्सार एजेन्टको परिक्षा तोकिएकै समयमा सञ्चालन हुने भएको छ । निर्वाचन आयोगको सहमतिपछि लोक सेवा आयोगले पूर्वनिर्धारित मितिमै भन्सार एजेन्टको परिक्षा गर्ने भएको हो ।विहीबार निर्वाचन आयोगले भन्सार विभागलाई पत्र लेख्दै निर्वाचनअघि भन्सार एजेन्टको परिक्षा सञ्चालन नगर्न भनेको थियो । उक्त पत्रसँगै कोभिड–१९ महामारीका कारणले पटक–पटक रोकिएको परिक्षा यसपटक पनि रोकिने निश्चित थियो ।लोक सेवा आयोगले निर्वाचन आयोगलाई पत्र लेखेपछि पूर्वनिर्धारित समयमै परिक्षा सञ्च