सन्धिखर्कका नगरप्रमुख श्रेष्ठ कैदीबन्दीको समस्या बुझन कारागार पुगे

अर्घाखाँची । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा रहेको कारागारमा बस्ने कैदीबन्दीको समस्या बुझन सन्धिखर्क नगरपालिका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठ पुग्नुभएको छ । कैदीबन्दीले सोही क्रममा आफ्ना समस्या राखेका हुन् । कैदीबन्दी गणेश भुसालका अनुसार खानेपानी, बत्ति, उत्पादन गरेका मुढा बिक्री नहुने समस्या राख्नुभएको छ। त्यस्तै आफूहरुलाई तनाव कम गर्ने कार्यक्रमको माग राख्नुभएको छ । साथै महिला कैदीबन्दी सिता […]

सम्बन्धित सामग्री

बचत रकम अपचलन मुद्दामा नगरप्रमुख नेपालीलाई कारागार चलान - Nepal Japan

बचत रकम अपचलन गरेको आरोपमा १६ महिनापछि पक्राउ परेका ढोरपाटन नगरपालिकाका नगरप्रमुख तथा इमेज बचत तथा ऋ

कैदी बन्दीलाई नगरपालिकाद्वारा खाट सहयोग

दमौली । तनहुँको भानु नगरपालिकाले जिल्ला कारागार तनहुँलाई खाट हस्तान्तरण गरेको छ । कैदी बन्दीलाई सुत्नका लागि सहज होस् भन्ने उद्देश्यसहित नगरपालिकाले कारागारलाई खाट प्रदान गरेको हो । नगरप्रमुख आनन्दराज त्रिपाठीले १४ थान ‘डबल बेड’ साइजको खाट हस्तान्तरण गरेका छन् । उनले कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीलाई ती खाट हस्तान्तरण गर्दै नगरपालिकाले सामाजिक उत्तरदायित्वअन्तर्गत रु […]

हत्या आरोपित ४ जना पुर्पक्षका लागि कारागार चलान

अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का विनोद शाहीको हत्या प्रकरणमा जिल्ला अदालत अछामले ४ जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ । जिल्ला अदालतले हत्या आरोपमा पक्राउ परेका सोही ठाउँका पृथ्वी शाही, वीरेन्द्र शाही, महेन्द्र शाही र देवेन्द्र शाहीलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो ।गएको वैशाख १७ गते बेपत्ता भएका विनोद शाही २० गते मृतावस्थामा भेटिएका थिए । उनको हत्या गरिएको भन्दै परिवारले पञ्चदेवलका नगरप्रमुख अम्बिका चलाउने, वडा नं ४ का निवर्तमान अध्यक्ष सदनबहादुर शाही, दानमति बम शाही

गुणस्तरहीन घेरा पर्खाल नगरप्रमुख र सिडियोले लात हानेर भत्काए

सिन्धुली : जिल्ला कारागार कार्यालय सिन्धुलीको घेरा पर्खाल निर्माणमा ठेकेदारले लापरबाही गरेको भेटिएको छ। कारागार वरिपरी निर्माण भइरहेको घेरा पर्खालको अनुगमनका क्रममा ठेकेदारले लापरबाही गरी गुणस्तरहीन काम गरेको पाइएको छ।मंगलबार कमलामाई नगरपालिकाका नगरप्रमुख र प्रमुख जिल्ला अधिकारीले निर्माण गरिएको पर्खाल भत्काइ दिएका छन्। आठ करोड ८८ लाख रुपैयाँको लागतमा निर्माणाधिन भवनको घेरा पर्खाल नगरप्रमुख खड्गबहादुर खत्री र सिडियो सुरेश न्यौपानेले लात हानेर भत्काएका हुन्।स्थानीयले डाँफे–धुलीखेल संजीव एण्