आकस्मिक अवतरण गरेको बुद्ध एयरका ४३ जनालाई विराटनगर पठाइयो, अरु यात्रु काठमाडौंमै बसे

सोमवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा आकस्मिक अवतरण गरेका बुद्ध एयरका ४३ यात्रीहरू विराटनगर फर्किएका छन् ।  विराटनगर विमानस्थलमा अवतरण गर्ने समयमा प्राविधिक समस्या देखिएपछि बुद्ध एयरको जहाज काठमाडौं फर्किएको थियो ।  ७३ यात्रीहरू बोकेको सो जहाज काठमाडौंमा सफल अवतरण गरेपश्चात् केही समयपछि ४३ यात्रीहरूलाई बुद्ध एयरले नै विराटनगर पुर्‍याएको बुद्ध एयरका निर्देशक रुपेश जोशीले लोकान्तरलाई जानकारी दिए ।  उनका अनुसार बाँकी ३० यात्रीहरू भने काठमाडौंमै रहेका छन् ।   

सम्बन्धित सामग्री

धनगढीबाट काठमाडौं उडेको बुद्ध एयर आकस्मिक अवतरण गर्नुको यस्तो छ कारण

काठमाडौं, २३ चैत । धनगढीबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज अचानक नेपालगञ्जमा अवतरण गरेको छ । उडान नं. २५२ को जहाजमा एकजना यात्रुमा स्वास्थ्य समस्या देखिएपछि नजिकैको विमानस्थल नेपालगञ्जमा अवतरण गरिएको बुद्ध एयरले जानकारी दिएको थियो । ९ः१० बजे उडेको बुद्ध एयरको विमानमा सर्वोच्च अदालतका न्यायाधीश बमबहादुर श्रेष्ठको स्वास्थ्यमा समस्या देखिएपछि ९ः४२ बजे आकस्मिक […]

बुद्ध एयरका दुई जहाज आकस्मिक अवतरण, के हो कारण ?

११ साउन, काठमाडौं । काठमाडौंबाट उडेका बुद्ध एयरका २ जहाज त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गरेका छन् । धनगढीका लागि उडेको बुद्धको ९एन-एएमडी जहाज साँझ ६ बजे  विमानस्थलमा अवतरण गरेको छ । बुद्ध एयर स्रोतका अनुसार जहाजमा ‘प्राविधिक गडबडी’ आएको पत्ता लागेपछि चालक दलका सदस्यले जहाज तत्काल विमानस्थल फर्काउने निर्णय लिएका थिए । त्यसपछि जहाज विमानस्थलमा […]