अल्पमतमा पार्न नाटक मञ्चन गरियो : मुख्यमन्त्री पोखरेल

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफूलाई अल्पमतमा पार्न अराजनीतिक नाटक मञ्चन गरिएको गरिएको बताएका छन्। शपथग्रहणपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मुख्यमन्त्री पोखरेलले जसपाका सांसदलाई कारबाही गरेपछि राजीनामा दिएर एकल बहुमतको सरकार बनाउने आफ्नो प्रयासमा समेत अराजनीतिक ढंगले बाधा पु¥याउन खोजिएको बताए।