नक्कली कागजात बनाएर कीर्तिपुरको ११ आना जग्गा किनबेच, पाँच जना पक्राउ
किर्ते कागजपत्र बनाएर जग्गा किनबेच गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । उनीहरूले काठमाडौंको कीर्तिपुरमा रहेको ११ आना २ पैसा जग्गा किर्ते कागजात बनाएर किनबेच गरेको प्रहरीले जनाएको छ ।
जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।