कांग्रेस कार्यकर्तालाई गृहमन्त्री खाँणको निर्देशन : ‘निर्वाचन जित्ने गरी आजैदेखि लाग्नुहोस्’

गृहमन्त्री बालकृष्ण खाँणले आगामी निर्वाचन जित्ने गरी जुट्न नेपाली कांग्रेसका कार्यकर्तालाई निर्देशन दिएका छन् । आगामी स्थानीय तहको चुनावमा वडादेखि सबै तहमा कांग्रेसले बहुमत ल्याउने भन्दै खाँणले कार्यकर्ताले त्यही अनुसार काम गर्नुपर्ने बताए ।  कांग्रेस रुपन्देहीले सिद्धार्थनगरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै खाँणले भने, ‘वडा र नगर प्रमुख, उपप्रमुख कांग्रेसले जित्ने गरी काम गर्नुहोस् । त्यसका लागि नेता कार्यकर्ता जनताको घरदैलोमा जानुपर्छ, कांग्रेस जनताको सुखदुःखको साथी हो ।  आगामी निर्वाचनमा कांग्रेसको ...