काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बिहीबार देखि सुरु भएको छ। सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बसेको पहिलो दिनको बैठकमा उपसभापति विमलेन्द्र निधिले समायोजन,महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचन निर्देशिका र रमेश लेखकले क्रियाशील सदस्यता छानबिन प्रतिवेदन छलफलका लागि पेस गरेका थिए। आजको बैठकमा पाँच जना केन्द्रीय सदस्यले बोलेका थिए। भोलि बिहान ११ बजे बैठक पुन बस्नेछ।