सिंहलाई फकाउने पौडेलको प्रयास

कांग्रेसको महाधिवेशनका लागि अब २२ दिनमात्रै बाँकी छ । महाधिवेशनको मिति जति नजिकिँदै छ, नेतृत्वका आकांक्षीहरूबीच रस्साकसी पनि बढिरहेको छ । नेताहरूले पद माग्ने, बार्गेनिङ गर्ने र गुट रोज्ने–छाड्नेक्रम सुरू भइसकेको छ । पुनः सभापति बन्न चाहेका शेरबहादुर देउवा सहज परिस्थिति बनाउन प्रयासरत छन् । त्यस्तै, देउवाको विकल्प खोज्न लागि परेको इतर समूहले साझा उम्मेदवारको खोजी कायम राखेको छ । नेताहरूले एकले अर्कालाई उछिन्न आपसी घोचपेच र झटारो हान्न सुरू गरिसकेका छन् ।