अत्याधुनिक कागज उद्योग निर्माण हुँदै

पश्चिम नेपालमै पहिलो पटक बाँकेमा तीन अर्ब पचास करोडको लगानीमा अत्याधुनिक कागज उद्योग निर्माणको प्रक्रिया सुरु गरिएको छ । एक्सिलेन्ट पेपर रिसाइकल कन्सर्न प्रालिले बाँकेको राप्ती सोनारी गाउँपालिका–२ महेन्द्रपुरमा एक्सिलेन्ट पेपर मिल कम्पनी लिमिटेडको नाममा सो उद्योग निर्माण गर्न विभिन्न कार्य सुरु गरेको जनाएको छ । एक्सिलेन्ट पेपर रिसाइकल कन्सर्न प्रालिका संस्थापक अध्यक्ष ज्योतिलाल भण्डारीले दुई वर्षभित्र उद्योग सञ्चालन गर्नेग